neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Feb 5th, 2020

काठमाडौं, माघ २२

झापा जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित जोरसिमलबाट माघ २२ गते एपीएफ टोलीले करीव चार लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिममा औषधी तथा किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सोही जिल्लाकै मेचीनगर नगरपालिका १३ स्थित चारआलीबाट माघ २२ गते एपीएफ टोलीले करीव एक लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले माघ २२ गते करीव दुई लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

बीआर ३० सी ३९१८ नम्बरको भारतीय मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको बरहथवा नगरपालिका १० स्थित सितापुरबाट बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।