neapl investment mega bank

मोटरसाइकल दुर्घटनामा परी मृत्यु

Feb 5th, 2020

मोरङ, २२ माघ

बुढिगंगा गाउँपालिका-४ पोटियास्थित भित्री सडकमा को.२२ प ५९२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सुनसरी दुहवी नगरपालिका-२ घर भएका ३५ वर्षीय युवराज सुतिहारको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुहवी नगरपालिका-११ बस्ने २१ वर्षीय सुरज ऋषिदेवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।