पर्सा, माघ २२
वीरगंज महानगरपालिका १४ गण्डकस्थित अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।