neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Feb 5th, 2020

काठमाडौ, माघ २२

रुपन्देही, बुटवल उपमहानगरपालिका १४ पदमपुरबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ५ सय ग्राम सहित सोही उपमहानगरपालिका ११ नहरपुर बस्ने १९ वर्षीय मनिष सुनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नयागाँउबाट खटिएको प्रहरीले लु.८ प ४७४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बझाङ, बुङ्गल नगरपालिका २ गरौउ बस्ने ६० वर्षीय गगन धामीलाई अवैध लागूऔषध चरेश करिब ५ केजी सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बित्थडचिरबाट खटिएको प्रहरीले चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.७ ख ६५२२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार धामीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।