काठमाडौ, माघ २२
सेञ्चुरी कमर्सियल बैंकको बाँसगढीशाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धामलाई धाममा भ्रमणको लागि आउने भक्तजनको लागि सफापानीे उपलब्ध गराउनको निम्ती एक थान एक हजार लीटरको पानी ट्यांङ्की सहयोग गरेको छ । साथै बैंकले धामको नियमीत सरसफाईको लागि यस धाममा आउने भक्तजनबाट सहयोग स्वरूप २० रुपैयाँ दरका पाँच हजार थानको टिकट पनि हस्तान्तरण गरेको छ ।
पानी ट्यांङ्की र टिकट बंैकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरेका हुुन । केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्य पश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तब्यमा पर्न सफल धाम भएको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।