neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

Feb 5th, 2020

रुपन्देही, माघ २२

रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका १ स्थित बेलहियाबाट माघ २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १६ लेखनाथ बस्ने १९ वर्षिय रक्की गरबुजा पुन र अरुण सुनार छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा निट्राजेपाम ट्याब्लेट ३ सय ४३ वटा, डाईजापाम ५८ वटा र प्रोमेथाजीन हाईड्रोक्लोराईड ईन्जेक्सन ५८ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।