neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित तीन जना पक्राउ

एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित तीन जना पक्राउ

Feb 3rd, 2020

सप्तरी, माघ २०

सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ९ सोरनपट्टी स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले माघ १९ गते करीव ९२ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बोधेबसाईन नगरपालिका १ बस्ने १७ वर्षिय कृष्णदेव यादव, २३ वर्षिय बिजयकुमार यादव र २२ वर्षिय शिवप्रकाश यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ५ प २१३६ नम्बरको मोटरसाईकमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मूल्य बराबरको आठ आना सुन तथा ६० तोला चाँदी फेला परेपछि पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।