neapl investment mega bank
  • गृहपृष्ठ
  • निजामती कर्मचारी हेरफेरः सरकारद्धारा १७ जिल्लामा सिडियो र ४३ जना सहसचिव सरुवा, हेर्नुस् को कहाँ पुगे ?

निजामती कर्मचारी हेरफेरः सरकारद्धारा १७ जिल्लामा सिडियो र ४३ जना सहसचिव सरुवा, हेर्नुस् को कहाँ पुगे ?

Feb 3rd, 2020

आधारभूमी संवाददाता
काठमाडौं २० माघ

सरकारले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ भने ४३ सहसचिवहरूको सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आइतबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयमा १७ सहसचिव र १७ जना उपसचिवको सरूवा गरेका हुन्।

यसैगरी आइतबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ सहसचिवहरूको सरुवा गरेको छ ।

सहसचिवसहित उपसचिवहरूको सरुवा संगै १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० पनि परिवर्तन भएका हुन् ।

सीडीओ परिवर्तन हुने जिल्लाहरु पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका रहेका छन् छन् । यस सरुवा सगै गृहमा रहेका अधिकांश सहसचिवले प्रमुख जिल्ला अधिकारी हुने अवसरपाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसाल अर्थ मन्त्रालयमा सरुवा भएका छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई पनि अर्थमन्त्रालयमै ल्याइएको छ ।

सिडियो फेरिने जिल्लाहरु इलाम, बाग्लुङ, गोरखा, कञ्चनपुर, पाल्पा, पर्सा, काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत, नवलपरासी पूर्व, रामेछाप, खोटाङ, सल्यान, डडेल्धुरा, मुगु, भोजपुर, डोल्पा रहेका छन् ।

को कहाँ पुगे हेर्नुस् सूचना