neapl investment mega bank
  • गृहपृष्ठ
  • विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्छ : मन्त्री सुवेदी

विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्छ : मन्त्री सुवेदी

Feb 3rd, 2020

डोटी, २० माघ (रासस)

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गाउँका विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्ने बताउनुभएको छ ।

जोरायल गाउँपालिकाद्वारा आयोजित ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को आइतबार उद्घाटन गर्नुहुँदै उहाँले गाउँमा हुने विकास निर्माणदेखि अन्य काममा खबरदारी गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा नागरिकको खबरदारी नभए प्रभावकारी हुँदैन, नागरिकले सचेत हुनु जरुरी छ ।”

प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयको सहभागिता रहेको छ ।