neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरी पैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरी पैठारीको सामान बरामद

Feb 2nd, 2020

काठमाडौं, माघ १९

सर्लाही जिल्लाको बलरा नगरपालिका २ स्थित जमुनियाबाट माघ १९ गते एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको डिजे साउण्ड सिष्टम बरामद गरेको छ ।

भारतीय नम्बरको पिकअप गाडीमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त साउण्ड सिष्टम सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद साउण्ड सिष्टम तथा उक्त पिकअप गाडी भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले माघ १९ गते करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट बरामद गरेको हो ।

बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपाकिला ८ चारकुने स्थित सीमा ईलाकाबाट माघ १९ गते एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार थान काठ चिर्ने हाते मेसीन बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मेसीन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मेसीन एपीएफ टोलीले भन्सार कार्यालय सुनसरीमा बुझाएको छ ।