काठमाडौ, माघ १९
गुण्डागर्दीमा संलग्न अभियुक्तहरु पक्राउ परेकाछन । प्रहरीका अनुसार काठमाडौ का.म.न.पा. वडा नं. २७ ज्याठामा रहेको होटल संकटा एण्ड अपार्टमेण्टका १०३ नं कोठा लिई बिगत तीन महिना देखि बस्दै आएकोमा उक्त होटेलका संचालकले खाएको बसेको पैसा माग्दाखेरी होटेल संचालक लाई धारिलो हतियार देखाई होटेलको कोठाको ढोका समेत तोडफोड गरेका थिए । साथै दुबै जना यसअघि बिभिन्न गुन्डागर्दीकार्यमा संलग्न रहेका बुझिन आएको हुदाँ निम्न ब्यक्तिहरुलाई ज्याठा बाट पक्राउ गरी आवश्यक कार्बाहीको लागि मिति २०७६।१०।१९ गते महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएकोमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिहरुमा अजय भन्ने कोर्ते गुरुङ र टासी गुरुङ रहेकाछन । यसअघि पनि कोर्ते गुरुङ र टासी गुरुङ ज्यान मार्ने उद्योगमा र लागु औषध मुद्धामा सजाय भोगेको साथै बिभिन्न अपराधहरुमा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।