neapl investment mega bank

हाईस र बस ठक्कर खाँदा ५ जनाको मृत्यु

Feb 2nd, 2020

सुनसरी, १९ माघ

रामधुनी नगरपालिका-९२ कृषिफर्मस्थित सडकमा बा.५ ख ३१५७ नम्बरको हाईस र ना.६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी हाइस चालक धादिङ बैरेनी ९३ बस्ने दिपक खड्का, हाईसमा सवार झापा भद्रपुर ९५ बस्ने ६८ वर्षीया डोल कुमारी कोईराला र उनका श्रीमान हेमराज कोईरालाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका झापा चन्द्रगडी बस्ने १८ वर्षीया गरीमा गौतम समेत २ जनाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका अन्य १५ जनालाई उपचारका लागि एपेक्स अस्पताल ईटहरीतर्फ पठाइएको छ ।

हाल फरार उक्त बसका चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।