neapl investment mega bank

विभिन्न धनमाल चोरी

Feb 2nd, 2020

ललितपुर, १९ माघ


ललितपुर महानगरपालिका-१८ नख्खुस्थित रोशनी अधिकारीको घरबाट कोही नभएको अवस्थामा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको सुनका बिभिन्न गहनाहरु शनिबार दिउँसो चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने स्याङजा चापाकोट घर भएका ३७ वर्षीय भोजन अर्यालको किसान मार्टबाट कम्प्युटरको सिपीयु २ थान, चुरोट, पेयपदार्थ तथा नगद १० हजार रुपैयाँ समेत गरी करिब ३ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्नहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।