neapl investment mega bank
  • गृहपृष्ठ
  • डान्स वारमा आएका एक जना युवालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने पाँच जना पक्राउ

डान्स वारमा आएका एक जना युवालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने पाँच जना पक्राउ

Feb 2nd, 2020

काठमाडौं, माघ १९

डान्स वारमा आएका एक जना युवालाई मरणासन्न हुनेगरी कुटपिट गर्ने पाँच जना पक्राउ परेकाछन । प्रहरीका अनुुसार यही माघ १८ गते बिहान सात वजे मनप्र परिसर काठमाडौका प्रमुखलाई पिडितको आफन्तवाट प्राप्त सुचना अनुसार गुल्मी ईश्मा गा.पा ६ घर भई हाल का.म.न.पा २७ डिल्लिवजार वस्ने वर्ष २८ को टपेन्द्र पन्थलाई अज्ञात व्यक्तिहरुले कुटपिट गरी आफन्तले शिक्षण अस्पताल महाराजगंज लगेको र तत्पश्चात थप उपचारको लागि ग्रान्डि अस्पतालमा आईसियुुमा राखी उपचार गरेको बताएका थिए ।

उक्त सुचना प्राप्त हुनासाथ परिसर काठमाडौवाट खटिएको विशेष टोलिले खोजतलासको क्रममा माघ १८ गते शनिवार साँझ नै , जाजरकोट भेरी न.पा घर भई हाल रातोपुल वस्ने सन्चालक वर्ष ३४ गोपाल वटाला, सिन्धुली कमलामाई ६ घर भई हाल माकलवारी वस्ने वर्ष १९ कि अस्मिता दुनुवा, महेन्द्रनगर झलारी घरभई हाल रातोपुल वस्ने वर्ष २२ कप गणेश साउद, सिन्धुपाल्चोक साँगाचोक १० घर भई हाल एकतावस्ति वस्ने वर्ष २६ को अनिता लामा र सिन्धुपाल्चोक वाह्रविसे ६ घर भई हाल जोरपाटी वस्ने सविन श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यि व्यक्तिहरुलाई शनिवार साँझ ६ः३० बजे का.जि.का.म.न.पा रातोपुल स्थित अण्डरग्राउण्ड डान्सवारवाट पक्राउ गरी थप अनुसन्धान भईरहेको छ । घटनाको प्रारम्भीक अनुसन्धान गर्दा पिडित टपेन्द्र पन्थ एक्लै डान्सवारमा गई खाना खाएको र सो विल अत्याधिक १२ हजार उठाएपछी सोहि विवादमा रेष्टुरेन्ट संचालक लगायत अन्य कर्मचारीहरुले निजसंग भएको ५० हजार पनि लुटपाट गरेको, ज्याकेट खोसेको र निजलाई पेट टाउको लगायत शरिरभरी गम्भिर घाउ हुने गरी कुटपिट गरी राति १२:३० वजे वाहिर ल्याएर छोडेको देखिएको , निज पिडितले तत्काल आफन्तलाई सम्पर्क गरी विहान एक वजे राती रातो पुलवाट निजलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएको देखिएको थियो । हाल गम्भिर अवस्थामा ग्राण्डी अस्पतालमा उपचार भईरहेको । पक्राउ अभियुक्तहरुलाई ज्यान मार्ने उद्योगमा जाहेरी लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।