neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकका ग्राहकहरुको प्रशासनिक शुल्क फिर्ता

महालक्ष्मी विकास बैंकका ग्राहकहरुको प्रशासनिक शुल्क फिर्ता

Feb 2nd, 2020

काठमाडौ, माघ १९

महालक्ष्मी विकास बैंकले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्घि गर्ने उद्देश्य सहित महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमितरुपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । ग्राहकहरुले नियमितरुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप बैंकले उक्त शुल्क फिर्ता गरेको हो । बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएकाछन् । आगामीदिनहरुमा समेत कर्जाको किस्ता/ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।