neapl investment mega bank

अबैध लागूऔषध सहित पक्राउ

Feb 2nd, 2020

काठमाडौं, १९ माघ

काठमाडौं महानगरपालिका-१५ भुईखेलबाट नियन्त्रित लागूऔषध डाइजेपाम- ६ एम्पुल, फेनारगन-३९ एम्पुल, नोर्फिन- २ एम्पुल, नगद १ हजार ५ सय रुपैयाँ र ४ थान मोबाइलसहित सोही स्थानमा डेरा गरी बस्ने लम्जुङ घर भएका ३५ वर्षीय ओम बहादुर गुरुङ लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङको डेरा कोठामा लागूऔषधको कारोवार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठाबाट उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-७ केमनचुलीबाट ५५ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका केमनचुली भुताहा बस्ने २४ वर्षीय सरोज लामा लगायत ६ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उक्त स्थान हुँदै अवैध लागूऔषध गाँजा लुकाईछिपाई लैजाँदै छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ वटा बोरामा प्याकिंङ गरी राखेको उक्त परिमाणको लागूऔषध र ३ वटा मोटरसाइकल सहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।