neapl investment mega bank
  • गृहपृष्ठ
  • गल्याङ चेम्बर अफ कमर्सद्वारा सास्कृतिक तथा ब्यापार महोत्सब–२०७६ को समुद्घाटन

गल्याङ चेम्बर अफ कमर्सद्वारा सास्कृतिक तथा ब्यापार महोत्सब–२०७६ को समुद्घाटन

Feb 2nd, 2020

काठमाडौ, माघ १९

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा गल्याङ चेम्बर अफकमर्सद्वारा आयोजित कृषि, पर्यटन, सास्कृतिक तथा ब्यापार महोत्सब २०७६ का प्रमुख अतिथि राजेन्द्र मल्लले कार्यक्रमको समुद्घाटन गर्दै नेपालमा आर्थिक उन्नतीका लागि कृषि, पर्यटनको पुर्वाधार, जलबिद्युत पुर्वाधारमा लगानी आवश्यक रहेको बताउदै स्याङजा जिल्ला कृषिको लागि उपयुक्त स्थान भएको हुदा सिंचाईको उचित प्रबन्ध गर्नु आवश्यक रहेको बताए । दुई तिहाई जनसंख्या कृषिमा आधारित रहेको हुदा देशलाई आवश्यक पर्ने करिव चालिस लाख टन चामलमा तिस लाख टन मात्र उत्पादन भईरहेकोमा यसमा आत्मनिर्भर हुने गरी कार्य गर्नु पर्ने आबश्यकता रहेको बताए । साथै मल्लले स्याङजामा कृषिको लागि आवश्यक माटो परिक्षण, कृषि विशेषज्ञको सेवा, कृषि कलेजको स्थापना, सहुलियतपुर्ण पाच प्रतिसत दरमा कृषि ऋणको सहज उपलब्धता तथा उत्पादनमुखि कानुनी सुधारमा तत्काल जोड दिनु पर्ने बताए ।

उक्त अवसरमा गल्याङ नगर पालिकाका उप मेयर तथा कार्यक्रमका बिशेष अतिथि देवीसरा थापाले गल्याङमा चेम्बरको स्थापनाले नगरको बिकासको कार्यमा सहयोगि भुमिका निर्वाह हुने विश्वास रहेको बताए । गल्याङ चेम्बर अफकमर्सका अध्यक्ष तथा कार्यक्रमका सभापति गंगा प्रसाद श्रेष्ठले चेम्बरले गरेका कार्यक्रमहरु र भावी कार्यक्रमबारे जानकारी दिदै यस महोत्सवले स्थानीय स्तरका उद्यमीले उत्पादन गरेका माल वस्तुको बजारीकरणको अवसर प्राप्त हुने र यसबाट उद्यमीहरुमा थप प्रेरणा र उत्साह आउने बताए । करिव एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने लक्ष राखिएको सो महोत्सवमा कृषि, पर्यटन, सस्कृती, ब्यापारीक सम्बन्धि करिव एक सय पचास स्टल रहेको छ ।

सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्यद्वयय दुनाथ अधिकारी, भाइचन्द्र श्रेष्ठ र छिमेकी जिल्ला चेम्बरहरुका अध्यक्ष, पदाधिकारी प्रतिनिधिहरु, नेपाल सरकारका स्थानियनिकायका प्रतिनिधिहरु, उद्यमी ब्यावसायी एवं उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।