काठमाडौँ,१८ माघ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार नेपाल आएका आन्तरिक तथा बाह्य पर्यटक । विमानस्थलको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन अध्यागमन विभागबाट विकास गरिएको नेपाली पोर्ट नामक अध्यागमन सूचना प्रणाली एवम् भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा शुभारम्भपछि नेपाल आउने जाने पर्यटकलाई सहज भएको छ ।
तस्वीर : रोशन सापकोटा/रासस