neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Feb 1st, 2020

काठमाडौं, १८ माघ

गोकर्णेश्वौर नगरपालिका-५ जोरपाटीमा रहेको फाईवर कारखानामा शुक्रबार बिहान आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।

यसैगरी नागार्जुन नगरपालिका-८ घट्टेखोलास्थित श्याम गिरीको कुखुरा फाममा बिजुलीको तार सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।