neapl investment mega bank
  • गृहपृष्ठ
  • भरुवा बन्दुक र मरेको जंगली बँदेल सहित ४ जना पक्राउ

भरुवा बन्दुक र मरेको जंगली बँदेल सहित ४ जना पक्राउ

Feb 1st, 2020

सुनसरी, १८ माघ

धरान उपमहानगरपालिका-६ गौंडे आहालको जंगलबाट भरुवा बन्दुक २ थान र मरेको जंगली बँदेल सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-६ पानवारी बस्ने ३० वर्षीय मणि राई, २६ वर्षीय सिद्धार्थ राई, ३९ वर्षीय राम बहादुर योन्जन र ३० वर्षीय सम्भु दाहाल रहेका छन् । उक्त स्थानमा प्रहरी चौकी पानवारी धरानबाट खटिएको गस्ती प्रहरी टोलीले को.२० प८७१६ र ना.१४ प ६४३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।