neapl investment mega bank
  • गृहपृष्ठ
  • अब सामाजिक सञ्जालमा विज्ञापन गरेमा राष्ट्र बैंकले कारवाही गर्ने

अब सामाजिक सञ्जालमा विज्ञापन गरेमा राष्ट्र बैंकले कारवाही गर्ने

Jan 31st, 2020

आधारभूमी संवाददाता
काठमाडौँ, १७ माघ

अब सामाजिक  सञ्जालमा विज्ञापन गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर विज्ञापन नगर्न आग्रह गर्दै विज्ञापन गरेको पाइएमा कारवाही गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै सामाजिक सञ्जालमा विज्ञापन गर्नमा नपाइने जनाएको छ ।

विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ गर्दै

राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै अब सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गरे मुद्रा अपचलनको मुद्दा लाग्ने जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थाहरुले विज्ञापन गर्ने क्रम बढेको छ । सामाजिक सञ्जालमा धेरैको पहुँच हुने भएकाले सामाजिक सञ्जालमा विज्ञापन गर्नेको संख्या बढ्दो छ । अहिले फेसबुक पेज बनाउने र फेसबुकलाई पैसा तिरेर प्रचार गर्ने प्रवति नै बनिसकेको छ ।

खासगरी सञ्चारमाध्यम, उद्योगी, व्यवसायीहरु समेत सामाजिक सञ्जालमार्फत आफ्नो उत्पादनको विज्ञापन गर्ने गरेका छन् ।

सरकारले सामाजिक सञ्जालको प्रयोग नियमनका लागि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गरेको विधयेक, २०७५ संसदमा दर्ता गराएको छ । यो विधयेक संसदीय समितिबाट पारित पनि भइसकेको छ ।