neapl investment mega bank
  • गृहपृष्ठ
  • मदन भण्डारी राजमार्ग कार्यालय विस्तार गरिँदै

मदन भण्डारी राजमार्ग कार्यालय विस्तार गरिँदै

Jan 30th, 2020

काठमाडौँ, १६ माघ (रासस)

महेन्द्र राजमार्गको विकल्पका रुपमा हेरिएको मदन भण्डारी राजमार्गको निर्माण चाँडो सम्पन्न गर्न कार्यालय विस्तार गरिने भएको छ । मदन भण्डारी राजमार्ग निर्देशनालयअन्तर्गत अहिलेसम्म तीन ठाउँमा कार्यालय रहेकामा छिट्टै झापाको दमकमा कार्यालय स्थापना गर्न लागिएको आयोजना निर्देशनालयका प्रमुख उमेशविन्दु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सो कार्यालयले १२० किलोमिटर सडक हेर्नेछ । पहिले सञ्चालनमा रहेका सडक स्तरोन्नतिको काम भइरहेको छ । कतिपय सडक डिभिजन सडक कार्यालयले नै निर्माण गरिरहेको उहाँले बताउनुभयो ।

निर्देशनालयअन्तर्गत अहिले गाईघाट, तम्घास र हेटौँडामा कार्यालय रहेका छन् । डिभिजन कार्यालय दाङ र सुर्खेतले पनि राजमार्गमा निर्माणको काम गरिररहेका छन् । उहाँले भन्नुभयो, “कतै पनि नयाँ सडक खोल्नुपर्ने नभएकाले यी कार्यालयले सडक स्तरोन्नति भइरहेको छ ।”

पहिले नै सञ्चालनमा रहेको सडक भएकाले यस राजमार्ग अन्तर्गतका सडक विभिन्न निकायले हेर्दै आएको प्रमुख श्रेष्ठले बताउनुभयो । ७७५ किमी सडक निर्देशनालयले अरु सडक नेपाल सरकारकै अरु कार्यालयले निर्माणको काम गरिरहेका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपाहाडी लोकमार्ग र हुलाकी राजमार्गपछि यो पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेका छन् । नयाँ ट्र्याक खोल्नेभन्दा सञ्चालनमा रहेका टुक्राटुक्रा सडक जोडेर राजमार्ग बन्नेछ । झण्डै एक हजार २५० किमी लम्बाइको सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हालसम्म सडकमा ६५ प्रतिशत र पुलमा ८५ प्रतिशत काम सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।