neapl investment mega bank
  • गृहपृष्ठ
  • मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग

मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग

Jan 30th, 2020

काठमाडौँ, १६ माघ (रासस)

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कर्णाली प्रदेशको हुम्लामा देखिएको मौसमी रुघाखोकी (फ्लु ) प्रकोप नियन्त्रणका साथै प्रभावित व्यक्तिको उपचारका लागि विशेष व्यवस्था गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्तिमार्फत सो क्षेत्रमा पर्याप्त औषधि तथा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो । कर्णाली प्रदेशको हुम्लामा केही समय अघिदेखि देखिएको मौसमी रुघाखोकी (फ्लु) का कारण एक दर्जनभन्दा बढीले अकालमा नै ज्यान गुमाउनु परेको छ । विकट क्षेत्रमा फैलिएको फ्लु नियन्त्रण नभएका कारण र सो फ्लुबाट प्रभावित व्यक्तिको समयमै उचित उपचार नहुँदा हुम्लावासीले ज्यान गुमाउन परिरहेको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।