काठमाडौं,१६ माघ
संखुवासभा,मोरङ, रुपन्देही र चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
संखुवासभा,चैनपुर नगरपालिका-२ राईगाउँस्थित सडकमाबिहीबार बिहानसवारी दुर्घटनामा परी सोही नगरपालिका-२ मयुम बस्ने ६० वर्षीया बाटुली सिंखडाको मृत्यु भएको छ । को.१ ख ४२८२ नम्बरको ट्रकको ठक्करबाट घाइते भएकी बाटुलीको को.२ ह ५४१४ नम्बरको ट्याम्पो राखी उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा पुन उक्त ट्याम्पो अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक र ट्याम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मोरङ,कटहरी गाउँपालिका-७ होडियारीस्थित सडकमा को.१ त २५८९ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय अडताल मोडियारी(उराउ)को उपचारको लागि कोशी अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बुधबार राति बाटोमै मृत्यु भएको छ । फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रुपन्देही,बुटवल उपमहानगरपालिका-११ देविनगरस्थित सडकमा लु.३६ प ५८०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदागम्भीर घाइते भएका मोटरसाइकलमा सवार गुल्मी मुसीकोट गाउँपालिका-३ बस्ने २२ वर्षीय कुमार कार्कीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमाउपचारको क्रममा मृत्यु भएको छ ।
चितवन,राप्ती नगरपालिका-४ लक्ष्मीनारायण चोकस्थित सडकमा ना.५ ख ३२६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर,वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।