neapl investment mega bank
  • गृहपृष्ठ
  • तोकिएको मूल्य भन्दा बढी मूल्यमा डिजेल तथा पेट्रोल बिक्री गरेको अभियोगमा पक्राउ

तोकिएको मूल्य भन्दा बढी मूल्यमा डिजेल तथा पेट्रोल बिक्री गरेको अभियोगमा पक्राउ

Jan 30th, 2020

दाङ, १६ माघ

तोकिएको मूल्य भन्दा बढी मूल्यमा डिजेल तथा पेट्रोल बिक्री गरको अभियोगमा बबई गाउँपालिका-५ हापुरेस्थित रामसप्लायर्स पेट्रोल पम्पका संचालक सोही ठाउँ बस्ने ५० वर्षीय राम बहादुर वलीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तोकिएको मूल्य भन्दा बढी मूल्यमा डिजेल तथा पेट्रोल बिक्री बितरण गरेकोभन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उक्त पेट्रोलपम्प तलासी गर्दा तोकिए भन्दा बढी दरलेपेट्रोल बिक्रीवितरण गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।