neapl investment mega bank
  • गृहपृष्ठ
  • सुनको सिक्री लुट्दै गरेको अवस्थामा पक्राउ

सुनको सिक्री लुट्दै गरेको अवस्थामा पक्राउ

Jan 30th, 2020

काठमाडौं, १६ माघ

साढे १ तोलाको सुनको सिक्री लुट्दै गरेको अवस्थामा २ जनालाई महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने लम्जुङ सुन्दरबजार नगरपालिका-७ घर भएका २७ वर्षीय मन वहादुर घर्तीर काठमाडौं महानगरपालिका-२६ वालाजु बस्नेमकवानपुर मनहरी गाउँपालिका-३ घर भएका ३१ वर्षीय सुविना राई रहेका छन् ।

काठमाडौं महानगरपालिका-२६ नयाँ वसपार्कस्थित सडकमा हिँडिरहेको अवस्थामा बाग्लुङ वरेङ गाउँपालिका-२ घर भएका एक पुरुषलाई उनीहरुले लछारपछार गरी घाँटीमा लगाएको उक्त सुनको सिक्री जबरजस्ती तानेरलैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।