neapl investment mega bank
  • गृहपृष्ठ
  • लुम्बिनी विकास बैंकको एकै दिन ३ वटा शाखा कार्यालयहरुको उद्घाटन

लुम्बिनी विकास बैंकको एकै दिन ३ वटा शाखा कार्यालयहरुको उद्घाटन

Jan 30th, 2020

काठमाडौ, माघ १६

लुम्बिनी विकास बैंक लिमिटेडले बहुसंख्यक ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने आफ्नो नीति अनुरुप बिहिबारदेखि कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ४, चौराहमा आफ्नो ६६ औं शाखाको रुपमा धनगढी शाखा कार्यालय; कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं. ४, महेन्द्र स्मारकमा ६७ औं शाखाको रुपमा महेन्द्रनगर शाखा कार्यालय र सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं. ६, बिरेन्द्र चोकमा ६८औं शाखाको रुपमा विरेन्द्रनगर शाखा कार्यालयगरि एकै दिन ३ वटा शाखा कार्यालयहरुको उद्घाटन गरेको छ ।

स्थानिय प्रतिनिधि, भद ्रभलादमी, ग्राहक/आमन्त्रित अतिथीहरु समेतको उपस्थितिमा आयोजित औपचारिक कार्यक्रमहरुकाबीच धनगढी शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका कार्यालय मुख्य ब्यवस्थापक निश्चल अधिकारी र बैंकका सञ्चालक समितिका अध्यक्षश्री दशरथ रिसालले संयुक्त रुपमा, महेन्द्रनगर शाखाको समुद्घाटन उद्योग बाणिज्य संघ, कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्ल र बैंकका सञ्चालक समितिका सदस्य तथा पूर्व अध्यक्ष चिन्तामणी भट्टराईले संयुक्तरुपमा, सुर्खेत शाखाको समुद्घाटन बैकका सञ्चालक समितिका सदस्य तथा पूर्व अध्यक्ष सुशिलराज पराजुलीले गरेका हुुन । बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले आफ्नो पूर्व योजना मुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा आजबाट देशका सातवटै प्रदेश अन्र्तगतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६८ वटा शाखाबाट बैंकिङ्ग कारोवारको सुविधा प्राप्त हुने जानकारी सो अवसरमा गराईयो ।

बैंकले आर्थिका वष २०७५/७६ मा संचालन मुनाफा रु. ८५ करोड र खुद मुनाफा रु ६२ करोड गरेको थियो । व्यवसाय विस्तारको सकारात्मक प्रभाबको कारण बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७४/७५ मा १७.०७ प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०७५/७६ मा १५ प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

बैंकको हाल कायम चुक्ता पुँजी २ अर्ब ७२ करोड रहेको छ । असार मसान्तमा बैकको कुल जगेडा कोषमा रु २ अर्ब रहेको छ । २०७६ पौष मसान्त सम्ममा २०७६ आषाढ मसान्त भन्दा बैंकको कुल कर्जा सापटी ९.३५५ ले वृद्धि भई रु २४ अर्ब ८९ करोड पुगेको छ भने निक्षेप १२.९९५ ले वृद्धि भई रु. २८ अर्ब २ करोड पुगेको छ तथा खुद नाफा रु २५ करोड भएको छ ।

बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोवाईल बैंकिङ, एटिएम लगायतका सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै आफ्ना करीव २ लाख ५० हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकले आगामी दिनमा समेत थप शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवा पु¥याउने लक्ष्य लिएको छ ।