neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै साथीको हत्या गरी फरार वंगलादेशी नागरिक मिया पक्राउ

आफ्नै साथीको हत्या गरी फरार वंगलादेशी नागरिक मिया पक्राउ

Jan 30th, 2020

काठमाडौ, माघ १६

आफ्नै साथी ४५ वर्षीयमुहिउद्धिन अहमद परवेजको हत्या गरी फरार रहेका वंगलादेशी नागरिक ४४ वर्षीयदुल्ला मियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु २०७६ माघ ६ गते वंगलादेशको ढाकाबाट काठमाडौं आई काठमाडौं सोल्टीमोडस्थित होटल ग्राण्ड भिल्लाको कोठा नम्बर ११४ मा बसेका थिए । माघ ७ गते होटल बाहिर गई पुन उनीहरु दुवै जना होटलमा आई बसेकोमा केही समयपछि मिया होटलबाट बाहिर गई फिर्ता आएका थिएनन् भने माघ ८ गते दिउँसो ह्विस्किकोवोतलको प्रहारबाट अहमद हत्या भएको अवस्थामा सोही होटलमा फेला परेका थिए ।

अहमदको हत्या पश्चात मिया सोही दिन राति नै कंलकी हुँदै काकरभिट्टा पुगी भारत प्रवेश गर्न नसके पश्चात पुन नेपालतर्फ आई रात्री बस चढी काठमाडौंतर्फ आउँदै गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटी र ईलाका प्रहरी कार्यालय लाहान सिराहाको समन्वयमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मियालाई लेवनान पठाउन भनि ३ वर्ष अघि मृतक अहमदले ३ लाखटाँका लिएको र लेवनान पठाउन भनीकाठमाडौंमा ल्याएकोमा भिषा पनि नलागेको र पठाउन पनि नसकेको कुरामा उनीहरु बिच विवाद हुँदा मियाले सुतिरहेको अवस्थामा अहमदलाई वोतलले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त परिसरले जनाएको छ । मियालाई कर्तव्य ज्यान सम्वन्धी मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।