काठमाडौँ, १६ माघ
रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल म्याड्रिडले रियल जारागोजालाई उसैको मैदानमा ४–० गोलले क्वार्टरफाईनलमा प्रवेश गरेको छ । रियलले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो ।
रियल म्याड्रिडको जितमा राफेल भरानो, लुकास भाजक्वेज ,भिनिसियस जुनियर र करिम बेन्जेमाले समान एक एक गोल गरे ।
राफेल भरानेले छैटौं मिनेटमा गोलगर्दै रियललाई सुरुआती अग्रता दिलाए । उनले टोनी क्रुसको पासलाई सदुपयोग गर्दै सो गोल गरेका थिए । ३२औं मिनेटमा लुकास भाजक्वेजले गोलगर्दै अग्रता
दोब्बर बनाए । ७२औं मिनेटमा भिनिसियस जुनियरले र ८०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई सहज जित दिलाए । करिम बेन्जेमाले ड्यानी कार्भाजलको पासमा गोल गरेका थिए ।
रियल स्पेनिस लिगको शीर्ष स्थानमा छ । रियलले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको छ ।
रियलले डर्बीमा आगामी शनिबार एट्लेटिकोसंग खेल्दैछ ।