neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Jan 29th, 2020

काठमाडौं, १५ माघ

मोरङ, लेटाङ-८ जाँतेबाट नियन्त्रित लागूऔषध स्पायस ट्याबलेट १ सय ४ थान र रिमाडोल ट्याबलेट ९४ थान सहित मिक्लाजुङ गाउँपलिका-५ बस्ने २४ वर्षीय कोरेसम राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जातेबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, पोखरिया नगरपालिका-५ सत्वरियाबाट लागूऔषध गाँजा करिब ५ केजी सहित भारत बिहार बस्ने २१ वर्षीय जितेन्द्र कुमार यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले बिआर ०५ एई ७६५७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक यादवलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।