neapl investment mega bank

प्रहरीको जवाफी कारवाहीमा परी घाइते

Jan 29th, 2020

रौतहट, १५ माघ

इशनाथ नगरपालिका-१ वकैया खोलाको बाँधस्थित खटिएको प्रहरी टोलीमाथि बुधबार बिहान गोली प्रहार भएपछि प्रहरीले जवाफी फयार गर्दा भारत विहार मोतिहारी राजजटौलिया ग्राम पंचायत-४ बस्ने २१ वर्षीय शेख चान्दली घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट र सिमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरीले उक्त स्थानमा जाँच गर्ने क्रममा भारतबाट आउँदै गरेको हाल नम्बर नखुलेको मोटसाइकलमा सवार ३ जनाले प्रहरीलाई लक्षित गरी फयार गरेकोमा प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गर्दा मोटरसाइकलमा सवारमध्ये चान्दली घाइते भएका थिए । घाइते चान्दलीको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । साथै प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड र खोका १ थान समेत बरामद गरेको छ ।

मोटरसाइकल सहित फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।