neapl investment mega bank

एस्टन भिल्ला कारावाओ कपको फाइनलमा

Jan 29th, 2020

काठमाडौँ, १५ माघ

एस्टन भिल्ला कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा एस्टन भिल्लाले लेष्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित भिल्ला फाइनलमा पुगेको हो ।

एस्टन भिल्लाको जितमा माट टारगेट र ट्रेजीग्वेटले एक–एक गोल गरे । १२औं मिनेटमा माट टारगेटले ज्याक ग्रियालिसको पासमा गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाए । ७२ औं मिनेटमा केलीची इहान्चोले गोल गर्दै बराबरी गोल फर्काए । दोस्रो हाफको इन्जुरी समयमा ट्रेजेगुएटले गोल गर्दै भिल्लाको जित सुनिश्चित पारे । सो गोल ट्रेजेगुएटले अहमेदले अल महामादीको पासमा गरेका थिए । यस अघि पहिलो लेगमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।

अब फाइनलमा भिल्लाको भेट म्यानचेटर सिटी तथा म्यान्चेस्टर युनाइटेडबीचको खेलको विजेतासँग हुनेछ। यी दुई टोलीबीच सेमिफाइनलको दोस्रो लेग आज राति हुनेछ । पहिलो लेगमा सिटी ३-१ ले अघि रहेको छ ।