neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वशान्ति पूजामा पर्यटन व्यवसायीले सहयोग रहने

विश्वशान्ति पूजामा पर्यटन व्यवसायीले सहयोग रहने

Jan 28th, 2020

पोखरा, १४ माघ (रासस)

नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा हुने तेस्रो विश्वशान्ति पूजालाई सफल बनाउन पर्यटन व्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पूजा व्यवस्थापन समितिद्वारा आज पोखरामा आयोजित छलफलमा व्यवसायीले पोखराको प्रतिष्ठासँग जोडिएको पूजाले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आवश्यक सहयोग गर्ने सामूहिक धारणा राखेका हुन् ।

पूजा आयोजक समितिका संयोजक हरिध्वज तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ, होटल एशोसिएशन अझ नेपाल, नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखालगायत विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । बौद्ध दर्शनको माध्यमबाट विश्वमा स्थायी शान्ति कायम गर्दै समाज, राष्ट्र एवं विश्वमा धार्मिक सहिष्णुताको सन्देश पु¥याउने लक्ष्यका साथ सञ्चालन हुने पुजामा मुख्य रिन्पोछे विद्याधर आचार्य र महायोगी श्रीधर राणा रिन्पोछे रहनु भएको छ ।

हिमाल आरोहण एवम् पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण आत्माको चिर शान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पुजामा गौतम बुद्ध जन्मस्थल लुम्विनीबाट शान्तिको प्रतिक दीप ल्याउने कार्यक्रम रहेको छ । पर्यटन व्यवसायीको छाता संगठन परिषद्का अध्यक्ष चिरञ्जिवि पोखरेलले समाजमा भातृत्व, सदाचार एवम् सद्भाव कायम गर्न शान्ति पुजा कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै यसलाई पोख्रेलीले अपनत्व लिनु पर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष तिर्थ अधिकारीले पुजामा स्थानीय संघसंस्थालाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । शान्ति दीप सहितको ¥याली फेवाताल किनारास्थित बाराही घाट, रत्न मन्दिर, हिमागृह, अम्वोट, सहिदचोक हुँदै पर्वतीय संग्रहालयमा पुगेर धार्मिक सभामा परिणत हुनेछ ।