काठमाडौ, माघ १४
नेपालका लागि टाटा मोटर्स जेन्युइन पार्टस्को एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्टस् प्रा. लि. ले टाटाका विभिन्न कमर्सियल गाडीहरूका लागि टाटा मोटर्सको एकमात्र जेन्युइन आयल बजारमा सार्वजनिक गरेको छ । अन्तर्रािष्ट्रय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहमा नेपालभरका टाटा मोटर्स जेन्युइन पार्टस्का एक सयभन्दा बढी खुद्रा बिक्रेता, च्याम्पियन जोन तथा आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरूको सहभागिता थियो ।
उक्त समारोहका क्रममा टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर. रामाकृष्णन, सिप्रदी ट्रेडिङ प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेशनल बिजनेस प्रमुख राकेश मित्तल, टाटा मोटर्स लिमिटेड, इन्टरनेशनल बिजनेस कस्टमर केयर प्रमुखश्री गणेश शेट्टी, सिप्रदी ट्रेडिङ प्रा.लिका प्रमुख अपरेटिङ अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का प्रबन्ध निर्देशक विशाल पटेल तथा सिप्रदी अटोपार्टस् प्रा.लि. का प्रबन्ध निर्देशक युवराज बूढाथोकीले संयुक्तरुपमा टाटा मोटर्स जेन्युइन आयल अन्तराष्ट्रिय बजारमा औपचारिक रूपमा सार्वजनिक भएको घोषणा गर्नुभएको थियो ।
उक्त समारोहमा १ देखि १५ लिटर रेन्जसम्मका विभिन्न प्याकमा उपलब्ध तीन विभिन्न उत्पादनहरू– टाटा जेन्युइन इन्जिन आयल, गियर आयल तथा रियर एक्सल आयल लन्च गरिएको थियो । उक्त समारोहमा बोल्दै टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर. रामाकृष्णनले भन्नभुयो–“टाटा मोटर्स जेन्युइनइन्जिन आयल ल्याएर हामीले ग्राहकहरूसँगको हाम्रो सम्बन्धलाई थपबिस्तार गरेका छौँ । यीउत्पादनहरुलाई लिएर हामीले एकदमै सकारात्मक प्रतिक्रिया पाएका छौँ । गाडीको अवस्था ठीक राख्न, कम इन्धन खपतका लागि र लामो ड्रेन इन्टरभलका लागि यो निकै उपयुक्त छ ।”
सिप्रदी ट्रेडिङ प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो–“सबै सेग्मेन्टहरूमा ग्राहक पहिलो रोजाइ भन्ने हाम्रो उद्देश्यलाई पछ्याउँदै टाटा मोटर्ससँगको साझेदारीमा टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक गर्न पाउँदा निकै खुशीको महसुस गरेका छौ ।
टाटा मोटर्स जेन्युइनआयल सार्वजनिक भएको बारे बोल्दै टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेशनलबिजनेस प्रमुख राकेश मित्तलले थपभन्नुभयो–“सहज र निर्वाध यात्राको प्रत्याभूति दिनका लागि टाटा मोटर्स जेन्यूइन आयल बनाइएको हो किनकि यसले टाटा मोटर्सका कमर्सियल गाडीहरूका लागि सुपेरियर मल्टीप्रपोस आयल रेन्जको रुपमा काम गर्दै गाडीहरूको कार्यक्षमता बढाउँछ।”
टाटा मोटर्सका बारेमा
४४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोर्टस् लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ११० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत् रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इ–मोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो । बेलायतमा रहेको ज्यागुअर, ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १३४ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत् टाटा मोटर्स बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स् सञ्चालनमा छ ।
इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स् भारतीय बजारमा कमर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ । जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ । अन्तराष्ट्रियस्तरमा टाटाका कमर्सियल तथा प्यासेन्जर गाडीहरू अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रूस, लगायत विश्वका विभिन्न देशहरुमा बिक्री वितरण गरिन्छ ।
सिप्रदीका बारेमा
देशकै ठूलो प्रतिष्ठित ब्राण्ड सिप्रदी टेड्रिङ्ग मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ । ३७ बर्ष देखि यो व्यवसायमा संलग्न सिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलर भन्दा बढी छ । अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाईरहेको छ । करिब ७५० कर्मचारीहरु र ६५० सपोर्ट स्टाफहरू एउटै साझा उद्देश्य अर्थात् गुणस्तरीय सेवा र उत्पादनप्रदान गर्नमा प्रतिबद्ध छन् ।
सन् १९८२ देखि टाटा मोटर्स्को एकमात्र बिक्रेता भएको सिप्रदी टेड्रिङ आईएसओ ९००१ः२००१५ प्रमाणित कम्पनी हो । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्रीतथा सेवावितरण संजाल रहेको छ। टाटा मोर्टर्सका सम्पूर्ण रेन्जकाप्यासेन्जर र कमर्सियल गाडीरुको बिक्री वितरण गर्न सिप्रदीको नेपालभर ३० वटा बिक्री कार्यालयहरु र ५१ वटा सर्भिस सेन्टरहरू रहेका छन । साथै देशभर ३०० वटा स्पेयर आउटलेटहरू रहेका छन् । सिप्रदी एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो ।