neapl investment mega bank

चितुवाको छाला सहित पक्राउ

Jan 28th, 2020

दाङ, १४ माघ

दंगिशरण गाउँपालिका-१ बस्ने २४ वर्षीय चेत बहादुर पुन र सोही ठाउँ बस्ने २४ वर्षीय सौगात घर्तीलाई चितुवाको छाला १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कमा उनीहरूको झोला तलासी गर्दा झोलाभित्र लुकाई राखेको उक्त चितुवाको छाला फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।