neapl investment mega bank
  • गृहपृष्ठ
  • कञ्चनपुरको बेलौरीमा निर्माण भइरहेको कालिका मन्दिर निर्माणका लागि रु दश लाख सहयोग

कञ्चनपुरको बेलौरीमा निर्माण भइरहेको कालिका मन्दिर निर्माणका लागि रु दश लाख सहयोग

Jan 28th, 2020

कञ्चनपुर, १४ माघ (रासस)

कञ्चनपुरको बेलौरीमा निर्माण भइरहेको कालिका मन्दिर निर्माणका लागि रु १० लाखको चेक हस्तन्तरण गरिएको छ । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरपालिकाको तर्फबाट रु १० लाखको चेक मन्दिर निर्माण समितिका अध्यक्ष प्रकाशराज पन्तलाई सोमबार हस्तान्तरण गर्नुभएको हो ।

नगरप्रमुख चौधरीले मन्दिर निर्माण भएपछि यस क्षेत्रको पर्यापर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । रु दुई करोड ५० लाखको लागतमा निर्माण हुन लागेको सो मन्दिर निर्माणका लागि नगरपालिकासँगै वैदेशिक रोजगारमा संलग्न युवाले पनि सहयोग गरेका छन् ।

विपन्न ५५ परिवारलाई ग्याँस चुलो वितरण

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले विपन्न अवस्थाका ५५ परिवारलाई ग्याँस चुलो वितरण गरेको छ । गाउँपालिका–५ का विपन्न अवस्थमा रहेका परिवारको छनोट गरी खाना बनाउने ग्याँस चुलो वितरण गरिएको हो । वडा कार्यालयबाट विनियोजित रु एक लाख बढी रकम खर्चेर विपन्न परिवारलाई सोमबार ग्याँस चुलो वितरण गरिएको वडाध्यक्ष कृष्णबहादुर रोकायाले बताउनुभयो ।

ग्याँस चुलो वितरण गर्दै गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले विपन्न परिवारलाई गाउँपालिकाले सीपमूलक तालीम प्रदान गरी स्वरोजगार बनाउनका लागि कार्यक्रम अघि सारेको बताउनुभयो ।