neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स कोसेली निक्षेप योजना’ संचालनमा

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स कोसेली निक्षेप योजना’ संचालनमा

Jan 27th, 2020

काठमााडौ, माघ १३

सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सूविधा दिदैं आएको सिटिजन्स बैंकले ग्राहकहरुलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारंभ गरेको छ । यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहक महानुभावहरुले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना ९९० महिना० पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउने छन् । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट पाँच लाख भन्दा बढि ग्राहवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, डाफ्ट, भिसा डेविट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलव्ध गराउँदै आएको छ ।