neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीद्धारा कोरोना भाईरसबाट बच्न उच्च सतर्कता अपनाउँदै पूर्व तयारी रहन निर्देशन

प्रधानमन्त्रीद्धारा कोरोना भाईरसबाट बच्न उच्च सतर्कता अपनाउँदै पूर्व तयारी रहन निर्देशन

Jan 27th, 2020

काठमाडौ, माघ १३

नेपालको छिमेकी मित्रराष्ट चीनमा फैलिएको कोरोना भाइरसको कारणले नेपालले समेत उच्च सतर्कता अपनाउनु पर्ने देखिएको छ । नेपालभित्र यसको प्रभाव पर्न नदिन प्रधानमन्त्री केपी ओलीको समुपस्थितिमा भएको छलफलबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालय र सम्बन्धित निकाय बीचमा समन्वयात्मक रुपमा कार्य गर्ने र यस सम्बन्धमा उच्च सतर्कता अपनाउँदै पूर्वतयारीको अवस्थामा रहने गरी तयारी गर्न निर्देशन भएको छ ।

नेपाल भ्रमण वर्ष, २०२० को सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनु पर्ने पूर्व सतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा आज सोमबार बैठक बसी मन्त्रालय अन्तर्गतका निकायहरुबाट भएका काम कारवाहीको समीक्षा समेत गरिएको हो । बैठकमा नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको तथा सरोकारवाला सबैबाट उच्च सतर्कता अपनाइएको सन्देश दिँदै देहायका कार्यहरु तत्काल गर्नेगरी निर्णय गारिएको छ ।

यस अन्र्तगत मूलुकको अन्तराष्ट्रिय हवाई प्रवेश विन्दुको रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डेडिकेटेड हेल्थ चेक डेक्सको लगि आवश्यक पर्याप्त स्थान उपलब्ध गराउने, समन्वय एवम् सहजीकरण गर्ने, विशेष गरी छिमेकी मित्रराष्ट्र चीनबाट आएका पर्यटकमा यस भाइरसको संक्रमणको अनुमान गर्न सकिने कुनैपनि लक्षण देखिएमा होटल, ट्राभलरट्रेकिङ्ग एजेन्सी लगायतका सरोकारवालाबाट यथाशिघ्र तोकिएको स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था मिलाउने, नेपाल आउने हवाईजहाजहरु अवतरण गर्नुपूर्व यात्रुहरुलाई डेडिकेटेड हेल्थ चेक डेक्समा गई आधारभूत जाँच गराउन अनाउन्स गर्ने व्यवस्था तथा विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड बमोजिम अवतरणको समयमा एयर क्राफ्ट डिसइन्सफेक्सन गर्ने व्यवस्था त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले तत्काल मिलाउने, पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सवै संस्थाहरुले यस भाइरसको बारेमा अवलम्बन गर्नुपर्ने सजगता एवम् पूर्व सावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सुसूचित गर्ने गराउने लगायतका व्यवस्था मिलाईने भएको छ ।

यसैगरी कुनैपनि स्वास्थ्य सम्बन्धी उल्लेखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवम् गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने गराउने, नेपालमा स्थलमार्गबाट समेत पर्यटक प्रवेश गर्ने स्थानहरु खासगरी रसुवा, यारीनाका लगायत उत्तरी सिमानाकाहरु समेतमा उल्लेखित सतर्कता र पूर्वसावधानीहरु अपनाउने, उल्लेखित भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल क्ष्कयबितष्यल मा राख्नुपर्ने भएकोले यस सम्बन्धमा सबैले पूर्व सावधानी एवम् सजगताका साथ कार्य गर्ने गराउने, , विमानस्थलमा कार्यरत कर्मचारीहरुले कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्ने, चिनीयाँ पर्यटकको बढी उपस्थिति हुने जस्तै काठमाण्डौ, पोखरा, चितवन, लुम्बिनी जस्ता स्थानहरुमा यस सम्बन्धमा विशेष पूर्व सावधानी अवलम्बन गर्ने गराउने, कोरोना भाइरसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा जनचेतना बृद्धि गर्ने किसिमका क्रियाकलापहरु सबैले गर्ने गराउने निर्णय समेत गरिएको छ ।

यसैगरी मानिसहरुको धेरै आवतजावत हुने धार्मिक, साँस्कृतिक स्थानहरुमा सचेतनामूलक प्रचार प्रसार कार्य संचालन गर्ने, कोरोना भाइरस सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेका पोष्टर, पम्पलेट, सूचना मूलक अन्य प्रचार सामाग्री पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको समन्वयमा प्राप्त गरी प्रमुख होटल तथा ट्राभलरट्रेकिङ्ग कम्पनीका कार्यस्थलमा पर्यटकले देख्नेगरी राख्ने व्यवस्था मिलाउने व्यवस्था गरिएकोे छ ।

कोरोना भाईरसमका बारेमा सोमबार बसेको बैठकमा मन्त्रालयका सचिव केदार बहादुर अधिकारी लगायत मन्त्रालयका उच्त पदस्थ अधिकृत, विभागीय प्रमुखहरु तथा नेपाल होटल संघ, ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल, नेपाल पर्वतारोहण संघ, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस, लगायतका पर्यटन क्षेत्र सम्बद्ध छाता संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।