neapl investment mega bank
  • गृहपृष्ठ
  • पोखरा विमानस्थलबाट २९ राउन्ड गोलीसहित पक्राउ

पोखरा विमानस्थलबाट २९ राउन्ड गोलीसहित पक्राउ

Jan 26th, 2020

पोखरा, १२ माघ (रासस)

राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको छ । यति एयरलाइन्सबाट काठमाडाँै जान लागेको पोखरा– २७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई आज बिहान उक्त गोलीसहित प्रहरीले पक्राउ गरिएको हो ।

शाहीले बोकेको झोला एक्स–रे मेसिनले जाँच गर्ने क्रममा २२ विओआर राइफलमा प्रयोग हुने गोली भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गोलीसहित निजलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।