neapl investment mega bank
  • गृहपृष्ठ
  • अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट , चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का

अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट , चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का

Jan 26th, 2020

खाँदबारी, १२ माघ (रासस)

सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आज बम विस्फोट भएको छ । चिचिला गाउ“पालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ ।

बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ । कुकर बम पड्किँदा जेनेरेटर नजीकै पर्खालमा पनि क्षति पुगेको छ । प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । घटनास्थलमा कुकरका टुक्रा भेटिएका छन् ।