neapl investment mega bank
  • गृहपृष्ठ
  • सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग

सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग

Jan 26th, 2020

काठमाडौ, माघ १२

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओमसतिया गाउंपालिका वडा नं ३ लोहरौलिमास्थित रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । एक सय १० बालबालिकाहरुको लागि न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखा प्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजय मणि त्रिपाठीलाई हस्तान्तरण गरेका हुुन ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।