neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Jan 26th, 2020

काठमाडौं, १२ माघ

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ गुरुजवार टोल बस्ने निलम क्षेत्रीको घरको भान्छा कोठामा ग्याँस लिक भई आइतबार दिउँसो आगलागी हुँदा करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-४ टिकुलीगढस्थित टिकुलीगढ माविको सटरमा धन कुमारी घर्तीले संचालन गरको किराना तथा फलफुल पसलमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनुषा, मिथिला नगरपालिका-६ ढल्केवरस्थित महेन्द्र माविको ल्याब कोठामा करेन्ट सर्ट भई शनिबार दिउँसो राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

अछाम, मंगलसेन नगरपलिका-१ सोलाने बस्ने सर्जन थापाको घरमा तरकारी पकाउने क्रममा आइतबार बिहान आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।