neapl investment mega bank

२९ राउण्ड गोली सहित पक्राउ

Jan 26th, 2020

कास्की, माघ १२

पोखरा महानगरपालिका २७ रिठेपानी बस्ने ४० वर्षीय जितु शाहीलाई २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पोखरा विमानस्थलबाट यति एयरको उडानद्वारा काठमाडौंतर्फ आउन लागेका शाहीले बोकेको झोला एक्सरे मेशिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।