neapl investment mega bank
  • गृहपृष्ठ
  • डाँका घटनामा संलग्न रहेका आधा दर्जन व्यक्ति पक्राउ , गौलोचन लगायतका बहुमुल्य बस्तुु छ भन्दै बोलाएर लुुट्ने गरेको खुुलासा

डाँका घटनामा संलग्न रहेका आधा दर्जन व्यक्ति पक्राउ , गौलोचन लगायतका बहुमुल्य बस्तुु छ भन्दै बोलाएर लुुट्ने गरेको खुुलासा

Jan 26th, 2020

काठमाडौ, माघ १२

डाँका घटनामा संलग्न रहेका आधा दर्जन व्यक्ति पक्राउ पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा टेकुुले डाँका मुुद्धामा संलग्न रहेको अभियोगमा उपत्यकाका बिभिन्न ठाउँहरुबाट छ जनालाई पक्राउ गरी आईतबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार विगत केही समय देखि काठमाडौं उपत्यकाभित्र घटेका बिभिन्न घटनाहरुको अनुसन्धान गर्ने क्रममा यही माघ नौ गते बिहान अं १० बजेको समयमा जि. काठमाण्डौं तार्केश्वर न.पा वडा नं २ काभ्रेस्थली शान्तीधाम मन्दिर जाने कच्ची सडक बाटोमा जि. सिन्धुपाल्चोक मेलम्ची न.पा. वडा नं ३ घर भई हाल जि. काठमाण्डौं का.म.न.पा. वडा नं १५ भगवानपाँउ बस्ने बर्ष ६३ को बच्चुराम गुरुङलाई बेद बहादुर भन्ने भिम बहादुर घर्तीमगरले मेरो बाजेसंग बल्ने ढुङा छ भनि बिभिन्न बहाना बनाई प्रलोभन देखाई नगद ५० लाख रुपैयाँ माग गरी पिडितलाई डर धाक धम्की दिई धारिलो हतियार खुकुरी, फलामको लठ्ठी समेत देखाई पिडितको आखामा खुर्सानीको धुलो छर्की पिडितको साथमा रहेको नगद ५० लाख रुपैयाँ जवरजस्ती लुटपाट गरी फरार रहेको मानिसहरुको खोजी गर्ने क्रममा उपत्यकाको बिभिन्न स्थानबाट घटनामा संलग्न रहेका छ जना व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दाङ घर भई हाल काठमाडौको मित्रनगर बस्ने ३८ बर्षिय बेद बहादुर भन्ने भिम बहादुर घर्तीमगर, नुवाकोट घर भई हाल काठमाडौको काभ्रेस्थली बस्ने ३० बर्षिय नकुुर तामाङ, रसुवा घर भई हाल काठमाडौको तारकेश्वर बस्ने ३८ बर्षिय दावा छिरिङ लामा, रामेछापको मन्थली घर भई हाल बालाजुुको बाईपास बस्ने ३६ बर्षिय कुमार बहादुर बुढाथोकी, रसुुवा घर भई काठमाडौको काभ्रेस्थली बस्ने ३६ बर्षिय तेन्जिङ बहादुर तामाङ र रसुवा घर भई गोंगवुु बस्ने संजित वाईवा रहेकाछन ।

प्रहरीका अनुसार पक्राउ परेका संजित वाईवाको साथबाट नगद २३ हजार पाँच सय, तेन्जिङ बहादुर तामाङको साथबाट नगद पाँच लाख ८० हजार, बेद बहादुर भन्ने भिम बहादुर घर्ती मगरको साथबाट नगद तीन लाख पाँच हजार, नकुर तामाङको साथबाट नगद चार लाख ३१ हजार, कुमार बहादुर बुढाथोकीको साथबाट नगद दुुई लाख पाँच हजार र दावा छिरिङ तामाङको साथबाट नगद तीन लाख ३१ हजार रुपैयाँ समेत गरी कुुल १८ लाख ७५ हजार पाँच सय रुपैयाँ बरामद भएको छ । यसैगरी उनीहरुको साथबाट डाँका गरी पाएको पैसाबाट किनेको मोटरसाईकल थान एक, डाँका घटनामा प्रयोग भएको मोटरसाईकल थान तीन थान, डाँका गरी पाएको पैसाबाट किनेको सुनको औठी थान एक थान र बिभिन्न कम्पनीको मोबाईलहरु समेत बरामद भएको छ ।

पक्राउ परेका व्यक्तिहरुको बारेमा अनुुसन्धान गर्दा संजित वाईवाले डाँका गरी पाएको पाँच लाख रुपैयाँ मध्ये दुुई लाख ११ हजार रुपैयाँ सानिमा बिकास बैंकमा जम्मा गरेको, पबित्र सुनचाँदी पसलबाट ७७ हजार रुपैयाँ सुनको औठी बनाएको, इउउय मोबाईल १९ हजार रुपैयाँमा खरिद गरेको, घर बनाएको ऋण तिर्न एक लाख रुपैयाँ दिदिलाई दिई पठाएको देखिएको छ । यसैगरी बेद बहादुर भन्ने भिम बहादुर घर्ती मगरले डाँका गरी पाएको सात लाख रुपैयाँ मध्ये लु ५९ प २१३५ नं को २२० सि.सि. को पल्सर मोटरसाईकल तीन लाख ३० हजार रुपैयाँमा किनेको एवं नगरकोटमा एकरात बसी होटेलमा खर्च गरेको देखिएको छ ।

यसैगरी दावा छिरिङ तामाङले डाँका गरी पाएको नगद पाँच लाख रुपैयाँ मध्येबाट एक लाख ५० हजार रुपैयाँ सापट लिएको ऋण तिरेको देखिएको छ । कुमार बहादुर बुढाथोकीले डाँका गरी पाएको चार लाख ५० हजार रुपैयाँ मध्येबाट ७५ हजार रुपैयाँ घरभाडा तिरेको एवं एक लाख २५ हजार रुपैयाँ ठेकेदारको ऋण तिरेको देखिएको छ । नकुर तामाङले भने डाँका गरी पाएको पाँच लाख रुपैयाँ मध्येबाट ३० हजार रुपैयाँ फाईनान्सको किस्ता तिरी बाँकी रकम खाई मासेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुुसार पक्राउ परेका व्यक्तिहरुले काठमाण्डौ उपत्यका भित्र अलौकिक चिज बस्तुहरु जस्तै बल्ने ढुङा, बनझाक्रीको हड्डी, गौलोचन, एक मुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर, पुरातात्त्त्कि सामान लगायतका चिजबस्तुहरु आफुसंग छ भनि खरिदका लागि एकान्तमा बोलाई समुह मिली लुटपाट तथा डकैती गर्ने गरेको अनुसन्धानबाट देखिएको छ ।