neapl investment mega bank

शिक्षाको ज्योति हिटर

Jan 26th, 2020

काठमाडौं,१२ माघ 
आधारभूमी संवाददाता

ऊर्जा प्रयोग गरौं भन्दै ऊर्जा तथा जलश्रोत मन्त्रालय पेट्रोल, ग्यास, डिजेलबाट हुने प्रदुषण हटाऔं भन्ने मूल नाराका साथ वातावरण विदहरुको भनाईलाई सहयोग गर्दै शिक्षा, विज्ञान प्रविधिका मन्त्रालयका कर्मचारीहरुले निकै सहयोग गरेको पाइएको छ ।

गत शुक्रवार शिक्षा विज्ञान प्रविधि मन्त्रालयमा एक दृष्य देखियो जुन कर्मचारी विहीन कुर्सी र टेवुलले मात्रै हिटर तापेर बसेको पाइएको छ । आफै शिक्षा ज्योती फैलाउने मन्त्रालयका कर्मचारीहरुले रित्तो कोठामा हिटर बालेर हिड्छन् भने अन्य मन्त्रालयमा पनि रित्तो कोठामा पंखा हिटर वत्ती बालेर ऊर्जा मन्त्रालयलाई ठूलो सहयोग गरेकोमा सम्बन्धीत क्षेत्रले ध्यान पु¥याउन जरुरी कदम उठाउन नसक्दा यस्तो कार्य दिनानु दिन बढेको छ । उता ऊर्जा मन्त्रालय ऊर्जा खपतका लागि विद्युतिय चुलो अनुदान निकासी गर्दै गरेको बेला शिक्षा मन्त्रालयका कर्मचारीले भने ठूलो सहयोग गरी रहेको एक अधिकारीले बताए ।