neapl investment mega bank
  • गृहपृष्ठ
  • विभिन्न ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

विभिन्न ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

Jan 26th, 2020

काठमाडौं, १२ माघ

काठमाडौं, महानगरपालिका-३१ बानेश्वर ओमशान्ति चोक डेरा गरी बस्ने गोरखा देउराली गाउँपालिका-५ घर भएका ४३ वर्षीय फुल बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा नगद ७८ हजार ८ सय ५० रुपैयाँ र ६ बुक तास सहित गुरुङ लगायत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सिरहा, मिर्चैया नगरपालिका-६ कटारी चोकस्थित युनिक फोटोकपी पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २७ वर्षीय नरेश झा लगायत ११ जनालाई नगद ९६ हजार २ सय ९० नेपाली रुपैयाँ तथा ४ हजार ८० भारतीय रुपैयाँ र ३ बुक तास सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१५ बधिग्राम डेरा गरी बस्ने सुनसरी धरान घर भएकी ३० वर्षीय तारा कुमारी कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की लगायत ८ जनालाई नगद १ लाख ४३ हजार ८ सय २५ रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।