neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध रुपमा बोकेर हिँडेको चाँदीका गहना सहित २ जना पक्राउ

अवैध रुपमा बोकेर हिँडेको चाँदीका गहना सहित २ जना पक्राउ

Jan 26th, 2020

सिरहा, १२ माघ

लाहान नगरपालिका-८ बाट अबैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम ७५० मिलीग्राम बराबरको चाँदीका विभिन्न गहना सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१४ बस्ने ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका-८ झिलझिले बस्ने ३८ वर्षीय दल बहादुर बिक रहेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त गहनाहरू सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।