neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

Jan 25th, 2020

काठमाडौं, ११ माघ

नागर्जुन नगरपालिका २ नाम्गेल चोकस्थित खोटाङ रुपाकोट घर भएका ३६ वर्षीय बम बहादुर बुढाथोकीको शान्ता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी लगायत ५ जनालाई नगद ३० हजार ६ सय रुपैयाँ र १ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।