neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Jan 25th, 2020

काठमाडौं, ११ माघ

काभ्रे, पनौती नगरपालिका ८ मल्पी बस्ने ६१ वर्षीय सुदर्शन खत्रीलाई करिब १७ केजी लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका २ बसपार्कबाट नियन्रि त लागूऔषध नाइट्रोभेट ३ सय ट्याबलेट सहित दार्चुला मालिका अर्जुन गाउँपालिका ३ घर भएका २५ वर्षीय अर्जुन सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।