neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्णली प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू

कर्णली प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू

Jan 25th, 2020

सुर्खेत, ११ माघ

नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कर्णाली प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी विरेन्द्रनगरमा शुक्रबारदेखि सुरू भएको छ । कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा सुरू भएको उक्त गोष्ठीको आजको सत्र सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण तथा अनुसन्धान, शान्ति सुव्यवस्था, विपद उद्दार र व्यवस्थापन, भावी कार्यदिशा, सुरक्षा चुनौती एवं रणनीति, देशभरको जघन्य अपराधको तुलनात्मक विश्लेषण, देशभरको समग्र अपराधको त्रिवर्षीय तथ्यांक विश्लेषण लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

यसैगरी प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीको सक्रियतामा कर्णाली र सुदुरपश्चिम प्रदेशमा छाउपडी प्रथा विरुद्ध संचालन गरिएको अभियान, राजस्वल छलीबाट भएको राजस्व संकलनको विवरण, मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, भूमिगत सशस्त्र समूह र तिनका गतिविधिहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय आतंकवाद, विपद् उद्धार र व्यवस्थापन, विपदबाट देशभर भएको मानवीय क्षतिको संख्यात्मक विवरण, समुदाय-प्रहरी साझेदारी भएका गतिविधिहरु र यस अन्तर्गत संचालित विद्यालय-सम्पर्क कार्यक्रम, समुदाय केन्द्रित कार्यक्रमहरु, कर्णाली प्रदेशका सुरक्षा चुनौतीहरू, यस वर्ष कर्णाली प्रदेश अन्तर्गत थप भएका प्रहरी ईकाइ, समग्र सुरक्षा चुनौती र सुरक्षा रणनीति लगायतका विषयमा समेत उहाँले जानकारी दिनुभएको थियो ।

विभिन्न बक्ताहरु समेतले आ-आफ्नो प्रस्तुतिकरण गर्नुभएको गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।
शनिबार सम्पन्न हुने उक्त गोष्ठीको आजको सत्रमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा।डा। ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, कर्णली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रमुख सचिव केवल प्रसाद भण्डारी, नेपाली सेना मध्यपश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापति सरोज प्रसाद राणा, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, कर्णाली प्रदेश अन्तर्गतका १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।